१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


पाँचथरमा ६ जना एचआइभी संक्रमित


0
Shares

पाँचथर, मंसिर १५ । ३१औं विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरेर मनाइरहँदा पाँचथरमा ६ जना एचआइभी संक्रमित भेटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको तथ्यांकअनुसार चारजना पुरुष र दुईजना महिलाहरु एचआइभी संक्रमित रहेका छन् ।

उनीहरुले निरन्तर औषधि सेवन गरिरहेको जिल्ला अस्पताल पाँचथरका प्रमुख बुद्धिबहादुर थापाले जानकारी दिए ।

यस्तै, एचआइभी संक्रमित दुईजना पुरुषको भने मृत्यु भइसकेको छ ।

विश्व एड्स दिवसको अवसर पारेर शनिबार पाँचथरको फिदिममा फिदिम नगरपालिकाको आयोजनामा निबन्ध प्रतियोगिताको आयोजना गरिएको थियो ।