ब्राउनसुगरसहित दुई भारतीय धनगढीबाट समातिए • Image Khabar Image Khabar


ब्राउनसुगरसहित दुई भारतीय धनगढीबाट समातिए


Imagekhabar
१५ फाल्गुन २०७४, मंगलवार १६:०५

ब्राउनसुगरसहित दुई भारतीय धनगढीबाट समातिए

प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर–४ स्थित शिवपुरीधाम परिसरबाट ३५ ग्राम लागुऔषध ब्राउनसुगर (खैरो हेरोइन)सहित उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा भारत, उत्तर प्रदेशको लखिमपुर खिरी बस्ने ३० वर्षीय सागर चौधरी र सोही ठाउँ बस्ने ३५ वर्षीय धर्मसिंह राना रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय दिपायल मातहत क्षेत्रीय अनुसन्धान समूह (आइटी)बाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्रेको आइटीका प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिए ।

पक्राउ परेकाहरुले भारतबाट ब्राउनसुगर खरिद गरी नेपालमा ल्याएर विभिन्न सहरहरुमा बिक्री–वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्