
एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार सम्पन्न संगठनसम्बन्धी कार्यदलकोे बैठकले विधानको खाका तयार गर्न वर्षमान पुन र वेदुराम भुसाल तथा जनवर्गीय संगठनको एकीकरणको प्रस्ताव तयारीका लागि गोकर्ण विष्ट र गिरिराजमणि पोखरेल रहेको उपसमितिलाई जिम्मा दिएको एमालेका सचिव विष्टले जानकारी दिए ।
दुवै उपसमितिले यही फागुन २२ गते बस्ने कार्यदलको बैठकमा प्रतिवेदन पेस गर्नेछ ।
दुई दलबीच यही फागुन ७ गते पार्टी एकता संयोजन समितिको बैठकमा सहमति भएको एकीकरणका प्रारम्भिक सात आधारमा सो कार्यदल गठन भएको हो ।
गत फागुन ८ गते दुई दलबीच एकीकरणका लागि सातबुँदे प्रारम्भिक आधार तय भएपछि संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरिएको थियो । कार्यदलको संयोजकमा माओवादी केन्द्रका नेता रामबहादुर थापा छन् ।
वैचारिक प्रतिवेदन तयार गर्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा अर्काे कार्यदल पनि गठन भएको छ ।
दुवै कार्यदले यही फागुन २५ गतेभित्र प्रतिवेदन बझाएपछि आगामी चैतको पहिलो साता एकता गर्ने तयारी छ । रासस
प्रतिक्रिया दिनुहोस्