Logo ३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026


मक्का मदिना जाने नेपाली हजयात्रीलाई सरकारले विशेष खोप लगाइदिने


0
Shares

‘मुस्लिम समुदायबाट विश्वका लाखौँ सहभागी हुने भएकाले विभिन्न रोग संक्रमण हुन सक्छ,’ नेपाल हज समितिका अध्यक्ष मोहमद सोयले भने, ‘जोखिमबाट जोगिन त्यहाँ जाने १५ सय नेपालीलाई सरुवारोगविरुद्धको खोप दिन लागिएको हो ।’

मक्का मदिना हज ५४ दिनसम्म चल्छ । सोयदका अनुसार १६ देखि २२ साउनभित्र अरब पुगिसक्नुपर्नेछ । ४ देखि ९ भदौसम्म मक्का मदिनामा २४सै घन्टा हज गरिने उनले बताए ।

गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको सचिवालयले हजमा सहभागी हुने १५ सयलाई विशेष खोप दिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो । त्यहाँ सरुवारोगको जोखिम भएकाले आफ्ना नागरिकलाई खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरूलाई मेनेन्जाइटिस, पोलियो, भाइरल फ्लु र इन्फ्लुन्जाविरुद्धको खोप लगाइने भएको हो । –नयाँ पत्रिका दैनिकबाट