२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


वैद्यले एमाले र माओवादी केन्द्रलाई भने–‘अहिले ठूलो भयौं भनेर घमन्ड नगर्दा हुन्छ’


0
Shares

नेकपा माओवादी केन्द्रबाट असन्तुष्ट भइ पुनर्गठन भएको नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीको पहिलो राष्ट्रिय भेलालाई बुधबार राजधानीमा सम्बोधन गदै उनले दक्षिणपन्थी शक्तिकाविरुद्ध सच्चा कम्युनिष्ट पार्टी एकजुट हुनुपर्ने बताए ।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि एकजुट हुनुको विकल्प नभएको महासचिव वैद्यको भनाइ थियो ।

‘पुँजीवादी क्रान्तिलाई पूरा गर्नका लागि कम्युनिष्ट घटक एक हुनुपर्दछ’–उनले भने–‘त्यसका लागि हामी फेरि मिहिनेत गरेर कम्युनिष्ट आन्दोलन एकजुट गराउनतर्फ लाग्नुपर्दछ ।’

उनले अहिले ठूलो पार्टी बनेकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई घमन्ड नगर्नसमेत अनुरोध गरे ।

‘अहिले ठूलो भयौं भनेर घमन्ड नगर्दा हुन्छ’–उनले भने–‘हामी सानो झिल्का हौं । सानो झिल्का सल्किएपछि ठूलो रुप लिन्छ । अनि के–के हुन्छ भन्ने थाहा हुन्छ ।’

कार्यक्रममा पुनर्गठित माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले माओवादी केन्द्र दक्षिणपन्थी अवसरवादका लागि लागेका कारणले पार्टीलाई पुनर्गठन गरेको बताए ।

उनले चाँडै नै सच्चा कम्युनिष्ट पार्टीलाई एक बनाउने अभियानमा आफूहरु लाग्ने बताए ।

पुनर्गठित क्रान्तिकारीका संयोजक आलोक रायमाझीले सबै क्रान्तिकारी शक्ति एकजुट हुनुको विकल्प नभएको बताए ।

भेलाबाट ४० सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ । रासस