३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


श्रीदेवीको राजकीय सम्मानका साथ दाहसंस्कार, पति बोनी कपुरले दिए दागबत्ती


0
Shares

बुधबार मुम्बईस्थित विले पार्ले समाज दाहसंस्कारस्थलमा उनको अन्तिम संस्कार गरिएको हो ।

श्रीदेवीको पार्थिव शरीरमा उनका पति बोनी कपुरले दागबत्ती दिए ।

यसक्रममा ७ किलोमिटर लामो शवयात्रामा हजारौं शुभचिन्तक, समर्थकहरुको भीड थियो ।

यसअघि, उनको पार्थिव शरीरलाई बुधबारै मुम्बईको सेलिब्रेसन स्पोट्र्स क्लबमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

श्रीदेवीको शनिबार दुबईमा मृत्यु भएको थियो । मंगलबार रातिमात्र उनको पार्थिव शरीर मुम्बई ल्याइएको थियो ।

५४ वर्षीया श्रीदेवीको दुबईस्थित होटलको कोटामा बाथटबमा शव पाइएको थियो । दुबई प्रहरीको ‘फरेन्किस रिपोर्ट’मा श्रीदेवीको मृत्यु ‘दुर्घटनावश डुबेर भएको’ उल्लेख छ ।

तर, सुरुमा भने उनको मृत्यु कार्डिएक अरेस्ट (हृदयाघात)का कारण भएको बताइएको थियो ।

उनी दुबईमा भतिजा मोहित मार्वाको विवाहका लागि परिवारका साथ पुगेकी थिइन् ।

चार वर्षको उमेरबाट चलचित्रको दुनियाँमा अभिनय यात्रा सुरु गरेकी श्रीदेवीले ३०० भन्दा बढी चलचित्रमा सशक्त अभिनय गरेकी छन् ।

आजभन्दा ठीक २१ वर्षअघि फेब्रुअरी २८ मा श्रीदेवीको ‘जुदाई’ फिल्म रिलिज भएको थियो । त्यसपछि उनी करिब १२ वर्ष चलचित्र क्षेत्रबाट अलग भएकी थिइन् । (एजेन्सी)