
भैरहवा, फागुन १७ । प्रदेश नम्बर ५ का मन्त्री तथा उपसभामुखको निवास मर्मतको कामलाई तिव्रता दिइएको छ ।
भैरहवास्थित भैरहवा–लुम्बिनी भूमिगत जल परियोजना कार्यालयको हाताभित्र रहेका मन्त्रीहरुको निवासका लागि रंगरोगन तथा फनिसिङको कामलाई तिव्रता दिइएको हो ।
त्यसैगरी अञ्चलपुरमा रहेका १३ मध्ये ८ वटा भवन मन्त्री निवासका लागि तोकिएका छन् । ती भवनमध्ये २ वटा मर्मतको अन्तिम चरणमा पुगेका छन् ।
अन्य ६ वटा भवनको मर्मत कार्यलाई तिव्रता दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।
प्रदेश सरकारका मन्त्री निवास, संसद् सचिवालय, मन्त्रालयलगायतका पूर्वाधार मर्मत गर्न सरकारले ५ करोड तथा नयाँ निर्माणका लागी १ करोड गरी ६ करोड रुपैयाँ विनियोजन गरिएको शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भैरहवाका प्रमुख सुरेश ठाकुरले बताए ।
प्रतिक्रिया दिनुहोस्