२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सरकारले खटाएका कर्मचारी नै आइनपुगेपछि कसरी गर्ने कार्यालय व्यवस्थापन ? (भिडियो)


0
Shares

प्रदेश नम्बर ७ मा ७ वटै मन्त्रालय गठन भइसके पनि मन्त्रालयका कार्यालय व्यवस्थापन गर्न खटाइएका कर्मचारी अझैसम्म पुगेका छैनन् । कर्मचारी नै नपुगेपछि मन्त्रीहरुसमेत अन्योलमा परेका छन् ।

सरकारले प्रदेश नम्बर ७ को राजधानी कैलाली तोकेको करिव डेढ महिना बित्दासम्म मन्त्रालयका भवनहरुको रङरोगन तथा मर्मत कार्य पुरा हुन नसकेको हो ।

मन्त्रालयमा मन्त्रीहरुले पदबहाली गरिसकेपछि भवनहरुको मर्मत कार्य सुरु गरिएकोमा अहिलेसम्म सम्पन्न भएको छैन । प्रदेश मन्त्रालयहरुमा न त बिजुली लाइन नै छ, न त मन्त्रीका कार्यकक्षमा टेलिफोन नै छ ।

मन्त्रालयहरुमा सामान्य सरकारी कार्यालय जतिको पनि चहलपहल छैन ।

प्रदेशका ७ वटै मन्त्रीहरु सरकारको कुनै अनुभव नगरेका मन्त्रीहरु छन्, त्यसमा झन अहिलेसम्म पर्याप्त कर्मचारी नहुनु र समयमा भवनहरु निर्माण नहुनुले संघीयता कार्यान्वयनमा समस्या आउने आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बताए ।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका लागी २९ जना कर्मचारीको दरबन्दी रहेकोमा अहिलेसम्म १२ जना मात्र कर्मचारी आईपुगेका छन् ।

त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा २९ जनाको दरबन्दीमा ९ जना, सामाजिक विकाश मन्त्रालयमा सवारीचालक बाहेक ३० जनाको दरबन्दीमा ३ जना मात्र कर्मचारीहरु मन्त्रालय पुगेका छन् ।

आर्थिक मामिला तथा योजना र उद्योग वन तथा वातावरण मन्त्रालयमा पनि ७÷७ जना मात्रै कर्मचारी पुगेका छन् ।

भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालयमा २९ जनाको दरबन्दीमा अहिलेसम्म ५ जना मात्रै कर्मचारी आइपुगेका छन् ।

सवैभन्दा प्रमुख समस्या भने भौतिक पुर्वाधार बिकास मन्त्रालयमा एक जना इन्जिनियर, १ जना लेखापाल र १ जना कार्यालय सहयोगि गरी ३ जना मात्र कर्मचारी पुगेका छन् । अहिलेसम्म मन्त्रालयका सचिवसमेत पुगेका छैनन् ।

मन्त्रालय स्थापना भएको एक साता भन्दा बढी समय बितिसक्दा सम्म मन्त्रालयको सचिव समेत नपुगेपछि मन्त्रालयको कामकाजका बारेमा समेत स्पस्ट हुन नसकेको भौतिक पुर्वाधार बिकास मन्त्री पठान सिहं बोहराले बताए ।

मन्त्री नियुक्त भएको करिब सातादिन बितिसक्दा समेत प्रदेश मन्त्रालयको कर्मचारी तथा भौतिक व्यवस्थापन अलपत्र छ । कर्मचारीमात्रै होइन उनीहरूका लागि बस्ने कुर्ची, टेबुल छैनन् ।

दक्ष कर्मचारीलाई मन्त्रालयमा पठाएमा सहज किसिमले प्रदेश सञ्चालन गर्न सकिने भएपनि अहिलेसम्म कर्मचारीहरु नपुगेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव प्रदिपराज कडेल बताए ।

उता मन्त्रालयमा कर्मचारी नपुगेपछि मन्त्रीहरु दलबल सहित विभिन्न कार्यालय र योजनाहरुको अनुगमन तथा भ्रमणमा व्यस्त छन ।

आफ्नै मन्त्रालयको उचित व्यवस्थापन गर्न नसकिरहेको बेला अन्य कार्यालयको अनुगमनलाई लिएर स्थानियहरु आक्रोस छन् ।

(भिडियो)