वाम गठबन्धन र संघीय समाजवादी फोरमबीचको बैठक निष्कर्षविहीन • Image Khabar Image Khabar


वाम गठबन्धन र संघीय समाजवादी फोरमबीचको बैठक निष्कर्षविहीन


Imagekhabar
१७ फाल्गुन २०७४, बिहीबार ११:३३

वाम गठबन्धन र संघीय समाजवादी फोरमबीचको बैठक निष्कर्षविहीन

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा फोरम नेपालले संविधान संशोधनमा लिखित सहमति गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन भएको हो ।

बैठकपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले राखेका मागमा कुनै सहमति नभएको बताए ।

बैठकपछि फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आन्तरिक छलफल गरेर पुनः सहमतिको प्रयास जारी रहने बताए ।

सरकारमा सहभागी हुन सहमत भएको फोरमले संविधान संशोधनमा लिखित सम्झौताको माग गरेको थियो ।

तर, एमालेले आवश्यक र औचित्यका आधारमा संशोधन गर्न सकिने भन्दै विषय किटान गरेर सहमति गर्न नहुने बताएपछि बैठक निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्