३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


कञ्चनपुरमा ११ महिनामा १० जना महिला तथा बालबालिकाको उद्धार


0
Shares

कञ्चनपुर । माइती नेपाल कञ्चनपुरले ११ महिनाको अवधिमा १० जना महिला तथा बालबालिकाको उद्धार गरेको छ ।

माइती नेपाल कञ्चनपुरले सन् २०१८ मा भारतका विभिन्न शहरमा जोखिमपूर्ण अवस्थामा रहेका १० जना महिला तथा बालबालिकाको उद्धार गरेको हो ।

यस्तै सन् २०१७ मा २४ महिला तथा बालबालिकाको उद्धार गरेको संस्थाले जनाएको छ ।

माइती नेपाल कञ्चनपुरको तथ्यांकअनुसार सन् २०१८ मा मानव वेचविखनको जोखिममा रहेका १ सय ८५ जना महिला तथा बालबालिकालाई सीमा नाकामा रोकथाम गरिएको छ ।

सन् २०१७ मा भने २०६ जना महिला तथा बालबालिकाको सीमानाकामा रोकथाम गरिएको थियो ।

विगतको तुलनामा सन् २०१८ मा भारतबाट उद्धार गरिएका महिला तथा बालबालिकाको संख्या कम देखिए पनि मानव वेचविखनलाई पूर्ण रुपमा न्यूनिकरण गर्न नसकिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन ।