जनकपुरमा होलीको अवसरमा मिथिला महोत्सव र महामुर्ख सम्मेलन • Image Khabar Image Khabar


जनकपुरमा होलीको अवसरमा मिथिला महोत्सव र महामुर्ख सम्मेलन


Imagekhabar
१७ फाल्गुन २०७४, बिहीबार १२:४५

जनकपुरमा होलीको अवसरमा मिथिला महोत्सव र महामुर्ख सम्मेलन

जनकपुर, फागुन १७ । होलीका अवसरमा मिथिला नाट्य कला परिषद् जनकपुरले यसवर्ष पनि मिथिला महोत्सव र महामुर्ख सम्मेलन आयोजना गरेको छ ।

परिषद्ले होलीको अवसरमा विगत २५ वर्षदेखि होली महोत्सव र महामुर्ख सम्मेलन गर्दै आएको हो ।

कार्यक्रममा सहभागी हुन नेपाल र भारतका भरैया टोली जनकपुरमा भेला भएका छन् । उनीहरुले आ–आफ्नो कला संस्कृतिको प्रदर्शन गर्दै छन् ।

योसँगै प्रस्तुत गरिने जोगिरा र कविता पाठ महोत्सवको मुख्य आकर्षण हो । महोत्सव भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्