२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


होलीमा यसरी रंगिए विदेशी पर्यटक (भिडियो)


0
Shares

होलीमा स्वदेशीमात्र हैन, विदेशी पर्यटकहरु पनि दिनभर रङमा रंगिएका थिए ।

राजधानीका विभिन्न पर्यटकीय क्षेत्रमा उनीहरुको ठूलै जमात उत्साहितरुपमा रमाएका थिए । पर्यटकहरुले ‘ह्याप्पी होली’ लेखिएका सेता टिसर्टसमेत लगाएका थिए ।

नेपाल घुम्न आएका पर्यटकहरु नेपालीहरुसँगै रमाएका थिए । केही पर्यटकहरुले भने पहिलोपटक होली मनाएको बताए । कतिपय भने होलीको महत्वबारे पनि जानकार रहेको पाइयो ।

विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटक काठमाडौं सहरमा रंगिएको दृश्य निकै रोचक थियो ।

निकै उल्लासमय वातावरणमा एक–अर्कालाई रङ, अबिर दलिरहेका पर्यटकले आफ्ना साथीहरू र नेपालीहरुसँग रङ दलेर रमाएका थिए ।

भिडियो हेर्नुहोस्