३० असार २०८२, सोमबार | Tue Jul 15 2025


गल्छी–स्याफ्रुबेसी सडक अब ११ दिन बन्द नहुने


0
Shares

नुवाकोट र धादिङ दुवै जिल्लामा बुधबारदेखि सुरु भएको महोत्सवलाई लक्ष्य गर्दै उक्त सडकखन्ड महोत्सव अवधिभर सन्चालन हुने जनाइएको छ ।

महोत्सवमा आउनेहरुलाई सहज आवत–जावत गर्न यही फागुन १६ गतेदेखि २६ गतेसम्म यातायात बन्द नगर्ने सहमति भएको छ ।

सडक स्तरोन्ततिका लागि यही फागुन १ गतेदेखि प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म यातायात सन्चालनमा रोक लगाइएकामा हाललाई खुला भएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

वि.सं. २०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद निर्णयअनुसार राष्ट्रिय गौरवकारुपमा सुरु भएको सडकको स्तरोन्नति तथा विस्तारको काम ६ महिना थपसहित गरी २७ महिना (२०७५ फागुन ५) मा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

उक्त सडकको कार्यप्रगति गत माघ मसान्तसम्म आर्थिकतर्फ २१.३ र प्राविधिकतर्फ १४.३५ प्रतिशत भएको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिए । रासस