
काठमाडौं, असार १३ । मलेसियाको प्रहरीले पूर्वप्रधानमन्त्री नजिब रजाक र उनकी पत्नी रोस्माह मन्सुरको २० करोड ६० लाख अमेरिकी डलर बराबरको सम्पत्ति जफत गरेको छ । जफत गरिएको सम्पत्तिमा नगद, सुनलगायत रहेका छन् ।
मलेसियाको प्रहरीले राज्यलगानी कोष भ्रष्टाचारको अनुसन्धानकाक्रममा नजिबको सम्पत्ति जफत गरेको हो । उक्त कोषको अर्बौं डलर बेहिसाब भएको पाइएको छ ।
व्यावसायिक अपराध नियन्त्रण शाखाका प्रमुखले जफत गरिएका गरगहना र सम्पत्तिको गणना गर्नै कम्तीमा पाँच हप्ता लाग्ने जनाएका छन् ।
गत मेमा सम्पन्न चुनावमा पराजित भएपछि नजिब अनुसन्धानको घेरामा राखिएका छन् ।
मलेसियाको इतिहासमा कुनैपनि नेताको सम्पत्ति जफल गरिएको यो पहिलो घटना हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्