१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


सभापतिको कार्यशैलीका कारण कांग्रेस गम्भीर समस्यामा : सिंह


0
Shares

धादिङ, मंसिर १४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिको कार्यशैलीका कारण कांग्रेस गम्भीर समस्यामा परेको बताएका छन् ।

शुक्रबार धादिङको घाटबेसीमा कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिंहले नेतृत्वको अक्षमताले गर्दा कांग्रेसले सबै ठाउँमा पराजय व्यहोर्नुपरेको दोहोर्‍याए ।

पार्टी नेतृत्वले समयमा आफूलाई नसच्याए कांग्रेसले झनै ठूलो क्षति व्यहोर्नुपर्ने उनको भनाइ थियो ।

सामाजिक सुरक्षा ऐन पनि कांग्रेसकै पालामा बनेको भन्दै उनले ‘वर्तमान सरकारले जस लिनमात्रै तामझाम गरेको हो’–भने ।