जोगिरा गाउने घटे • Image Khabar Image Khabar


जोगिरा गाउने घटे


Imagekhabar
१८ फाल्गुन २०७४, शुक्रबार १८:११

जोगिरा गाउने घटे

तर, अहिले समय फेरिएको छ । होलीका यस्ता मिठासपूर्ण गीत गाउँघरमा गुन्जिन छाडेका छन् ।

अहिले साउन्ड बक्समा बजाइने अश्लील गीतले होलीको पौराणिक जोगिरा सररको भावना र मर्ममा सीधै प्रहार हुन थालेको छ ।

यो वर्षको होलीमा पनि तराईका जिल्लाहरुमा जोगिरा गाउनेहरुको संख्या ह्वात्तै घटेको छ ।

वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि पूर्णिमासम्म मिथिलामा फागुको चहलपहल सुरु हुन्छ । एकार्कामा रङ र अबिर लगाउने माहोल बन्दै जान्छ ।

सरस्वती पूजाको समाप्तिपछि महिना दिनपछि आउने फागुवाको तयारीमा गाउँगाउँमा सुरिलो भाकामा जोगिरा सरररको तालमा मानिसहरू जुट्थे ।

यो अवस्था केही वर्षपहिलासम्म रहेपनि पछिल्लो समय भने आधुनिक गीतले जोगिरा सरररलाई पाखा लगाइदिएको छ ।

तराईको होली पनि पछिल्लोसमय उच्शृंखल बन्दै गएको स्वयं स्थानीय नै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्