
स्थानीय वायुको प्रभावले बदली भइ उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।
उनकाअनुसार देशको पश्चिमी भेगमा विकसित भएको उक्त वायु अहिले क्रमशः पूर्वतर्फ सर्दैछ । पूर्वी पहाडी भेगका केही स्थानमासमेत वर्षाको सम्भावना छ ।
अहिले पश्चिमका केही स्थान तथा मध्य र पूर्वी भेगमा बदली भएको छ । उपत्यकामा हुरी–बताससहित वर्षा भइरहेको छ ।
स्थानीय वायुको सक्रियताले केही दिनयता बिहान मौसम सफा रहेपनि मध्याह्नपछि बदली हुने गरेको छ ।
पूर्वमनसुनको याम पनि भएकाले यस्तो गतिविधि जारी रहने मौसमविद् प्रधानांगले बताए ।
सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्वमनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार शुक्रबार काठमाडौंको अधिकतम् २५.८ र न्यूनतम् तापक्रम ११ डिग्री सेल्सियस छ । रासस
प्रतिक्रिया दिनुहोस्