
यही फागुन २० देखि २२ गतेसम्म ताप्लेजुङको सुकेटारमा हुने मन्त्रजपको शनिबार पत्रकार सम्मेलनमार्फत् स्थानीय आयोजक समितिले जानकारी गराएको हो ।
महागुरु लामा थुप्तेन जोपा रिम्पोछेको प्रमुख आतिथ्यतामा सन्चालन हुने उक्त मन्त्रजपमा विभिन्न अवतारी रिम्पोछेसहित करिब २५० जना लामा गुरुहरु र सयौंको संख्यामा उपासक–उपासिकाहरुको सहभागिता रहने जनाइएको छ ।
बुद्ध र बोधिसत्वको मन्त्रजप गर्नाले मन शुद्ध हुनुका साथै बुद्धत्व प्राप्त हुनेसमेत विश्वास रहँदै आएको छ ।
ताप्लेजुङमा तीनपटकसम्म मन्त्रजप आयोजना गर्ने यसअघिको समितिको निर्णयानुसार दोस्रोपटक मन्त्रजप गर्न लागिएको हो । गत वर्ष सोही ठाउँमा मन्त्रजप सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्