
नेपाल बैंकर्स संघको शुक्रबार राजधानीमा बसेको बैठकमा ब्याजदर घटाउन बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहमत भएका हुन् ।
बैंक बचतको ब्याजदर ८ प्रतिशतभन्दामाथि नदिने सहमति भएको हो ।
लगानीमैत्री वातावरणका लागि बचतको ब्याजदर ८ प्रतिशतमाथि नदिने सहमति भएको संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।
बचत र मुद्दति निक्षेप खाताबीचको ब्याज अन्तर निक्कै नै कम भएको भन्दै उनले त्यसमा पनि निश्चित अन्तर कायम गर्ने भन्नेमा सहमति भएको बताए ।
बचतको ब्याजदर मुद्दति निक्षेपकोभन्दा एक प्रतिशत विन्दुलेमात्र कम भएपछि बैंकहरुले यस्तो सहमति गरेका हुन् ।
यसअघि, मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा बढी नदिने सहमति उनीहरुले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्