Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


गाई-भैंसीको दूध बेचेर मनग्गे आम्दानी (भिडियो)


0
Shares

तर, पछिल्लो समयमा भने यहाँका कृषकले गाईभैंसीको दूध बिक्रीबाटै छोराछोरीको पढाई र घरायसी खर्च चलाई रहेका छन् ।

बझाङका धेरै जस्तो ग्रामीण बस्तिहरुमा अहिले पनि बजारमा गाई भैसिको दूध विक्री गर्न हुन्न भन्ने रुढिबादी परम्परा रही आएको छ । तर, केही ठाँउका स्थानीयले भने अहिले गाई भैंसीकै दूध विक्रीबाट परिबार चलाउँदै आएका छन् ।

सुरुमा गाई भैंसीको दूध विक्री गर्दा देवी देउता रिसाउने, बोक्सी लाग्ने, चोखे लाग्ने लगायतको रुढिबादी परम्परा रहे पनि सुरुमा गाँउमा आफु बाट नै गाईभैंसीको दूध विक्री गर्न सुरु गरे पछि सबैले विक्री गर्न थालेका र आफ्नो समेत राम्रो भएको कोटदेबलकी पार्वती सिंहले बताइन् ।

पार्वति मात्र होइन अहिले गाउँका अन्य स्थानीयले पनि गाईभैंसीको दूध र दहि बेचेर आफ्नो जिबिका चलाइरहेका छन् ।

केही बर्ष पहिला सदरमुकाम चैनपुरका पसलहरुमा दूधको चिया सम्म नपाईने भए पनि अहिले भने अधिकांश पसलहरुमा दूधको चिया पाइने गरेको छ ।

पाउडर हालेको दूधको चिया पाईने गरेको सदरमुकाम चैनपुरमा अहिले पाउडरको चिया पाइन छोडेको छ । गाँउलेहरुको दूध जम्मा गरेर एक जनाले बजारसम्म पुर्‍याएर एक दिनको ५ सय रुपैयाँसम्म कमाउने गरेका छन् ।

बझाङका स्थानीयले दूध विक्री गर्न थाले पछि सदरमुकाम चैनपुरमा चार वटा डेरीहरु समेत संचालनमा आएका छन् ।

यसै सम्बन्धि विभिन्न संघ संस्थाहरुले जनचेतनामुलक कार्यक्रमहरु समेत संचालन गरेपछि स्थानीय पशुपालन व्यवसायमा समेत होमिएका छन् ।

(भिडियो)