नवलपुर, मंसिर १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकमा विकास र स्थीरता कायम गरेरै छाड्ने दाबी गरेका छन् ।
नवलपुरको कावासोती ढोकीमा रहेको त्रिभुवन बाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको शुक्रबार उद्घाटन गर्दै उनले सरकारले जलमार्ग र रेलमार्गलाई प्राथमिकतामा राखेर काम गरिरहेको जिकिर पनि गरे ।
उनले केरुङबाट लुम्बिनीसम्मको रेलमार्ग र नारायणी नदीमा पानीजहाज चलाएरै छाड्ने दाबी गरे ।
विकास निर्माणका लागि आवश्यक ऐनहरु बनाएर अबको चार वर्षमा सरकारले बाचा पूरा गरेर छाड्ने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्