१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मुख्यमन्त्री शेरधन राईले सरकारलाई पूर्णता दिन सकेनन: यस्तो छ खास कारण(भिडियो)


0
Shares

ध्रुव भट्टराई/ईमेज:
विराटनगर, फागुन २० । प्रदेश नम्बर १ लाई मुलुककै एक नम्बर प्रदेश बनाउने प्रतिबद्धता सार्वजनिक गरेका मुख्यमन्त्री शेरधन राईले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

मुख्यमन्त्री नियुक्त भएको लामो समयसम्म पनि प्रदेश सरकारले पूर्णता नपाउँदा अरु कामसमेत प्रभावित भएका छन् ।

प्रदेश नम्बर ६ ले प्रदेशले राजधानी र नाम टुंगो लगाइसकेको छ । तर प्रदेश १ को संसद भने विजनेश नै नपाएर स्थगित भएको छ ।

६ नम्बर प्रदेशले राजधानी र प्रदेशको नाम सर्वसम्मत रुपमा टुङ्गो लगाएर देशैभरी सकारात्मक सन्देश प्रदान गरेको छ । तर एक नम्बर प्रदेशमा यो विषयले संसदमा प्रवेश नै पाएको छैन ।

कार्य व्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्दै १ नम्बर प्रदेशसभाको बैठक चैत ७ गतेसम्मका लागि स्थगित भएको छ ।

नियमित विजनेश नभएकाले संसद बैठक तीन साताको लागि स्थगित गरिएको हो ।

प्रकृया विस्तारै सुरु भएको बताउँदै सोलुखुम्बुका सांसद उत्तमकुमार बस्नेतले सबैले आफ्नो ठाउँको मोहबाटमाथि उठेर काम गर्न जोड दिए ।

पहिलो अभ्यास भएकाले केहि ढिलो जस्तो देखिएको बताउँदै संघियसमाजवादी फोरमका सांसद जयराम यादवले सरकार विस्तार, राजधानी तथा प्रदेसको नामाङ्कको विषय छिट्टै टुङ्ग्याउनु पर्नेमा जोड दिए ।

खोटाङबाट एमाले तर्फकी सांसद उषाकला राईले गरिबी अभावबाट जनता पीडित भएकाले संघिय सरकारले छिटो राहत दियोस भन्ने तिब्र चाहना जनतामा देखिएको बताए ।

अब ढिला नगरी प्रदेश सरकारले प्रदेशको समृद्धि र विकासका योजना बनाएर चाँडै अगाडी बढ्नुपर्ने उनले जोड दिए ।

मुख्यमन्त्री शेरधन राईले आवश्यक पूर्वाधार, कानुन र कर्मचारी अभाबले काम गर्न असजिलो महसुस भएको बताए । तर पनि प्रदेश सरकार हात बाँधेर भने नबसेको उनले स्पष्ट पारे ।

मुख्यमन्त्री राईले प्रदेशको नामांकन र राजधानी तोक्नेदेखि समृद्ध प्रदेश निर्माण गर्न सबै प्रदेशसभा सदस्यहरुको एकताबद्ध प्रयासको खाँचो रहेकाले सबै सांसदहरुको सुझाब र सल्लाहको आधारमा काम गर्ने बताए ।

प्रदेशको नामांकनका विषयमा धेरै मतभेत नदेखिए पनि स्थायी राजधानी का राख्ने भन्ने विषय भने पेचिलो बनेको छ ।

(भिडियो)