१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


छिमेकीले पेल्न खोजे टुलुटुलु हेरेर बस्न सकिंदैन: मन्त्री पण्डित


0
Shares

काठमाडौं, फागुन २० । जनसंख्या तथा वातावरण मन्त्री लालवावु पण्डितले नेपालको सिमाना एक इन्च पनि मिच्न नदिने बताएका छन् ।

काठमाडौंमा आज भएको महिला स्वास्थ्य अधिकार र वातावरणसम्बन्धी कार्यक्रममा मन्त्री पण्डितले छिमेकीले पेल्न खोजे टुलुटुलु हेरेर बस्न नसकिने बताए ।

मन्त्री पण्डितले सूर्तीजन्य पदार्थको आदतका कारण बालवालिकाको भविष्य विग्रंदै गएको भन्दै यसलाई पूर्णरुपमा प्रतिबन्ध लगाउन प्रयास गर्ने बताए ।

समृद्धि र विकासको दिशामा वर्तमान सरकार इमान्दारीपूर्वक लाग्ने उनको भनाइ थियो ।

मन्त्री पण्डितले वढ्दो वातावरणीय प्रदूषण रोक्न प्रभावकारी योजना ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।