
मार्च ६ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । ७७ केजीमा कमलबहादुर अधिकारी, ८५ केजीमा सुरेन्द्र श्रेष्ठ तथा १०५ केजीमाथि पुकार गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा दिनेश भुजेल छन् भने निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायकद्वय प्रदीप श्रेष्ठ र रुकेश तण्डुकार छन् ।
तीनै खेलाडी पोखरामा गत पुस अन्तिम साता भएको राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका स्वर्ण विजेता हुन् । फेजर कपमा नेपालको यो पहिलो सहभागिता हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच आइतबार सातदोबाटोमा बिदाइ गरे । बिदाइ कार्यक्रममा सदस्य–सचिव विष्टले वर्तमान सरकार खेलमैत्री भएकाले आगामी आर्थिक वर्षमा खेलकुदमा अहिलेसम्मकै सर्वाधिक बजेट विनियोजन हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्