आइतबार बसेको बैठकले अन्तरिक कार्यविधि २०७४ को दफा १५ बमोजिम ८ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गरेको हो ।
कार्य व्यवस्था परामर्श समितिको संयोजकमा तारा लामा तामाङ, सदस्यहरुमा कृष्णराज सुवेदी, अर्चना गहतराज, अक्कल बहादुर रावल, वीरमान चौधरी, भारतबहादुर खड्का, रणबहादुर रावल र मालामती कुमारी राना रहेका छन् ।
नियमावली मस्यौदा समिति गठनसम्बन्धि प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरिएको छ ।
समितिमा सांसदहरु लिलाधर भट्ट, पूर्णा जोशी, महेशदत्त जोशी, टेक बहादुर रैका आउजी र कृष्ण बहादुर चौधरी छन् ।










प्रतिक्रिया दिनुहोस्