३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


टिपरबाट बालुवा खसाल्ने क्रममा करेन्ट लागेर चालकको मृत्यु


0
Shares

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मकवानपुरका साजन माझी रहेका छन् ।

खैरहनी नगरपालिका–१० स्थित ढुु्ङग्रे खोला पुलनजिकै ना७ख ४८१८ नम्बरको टिपरले बाटो निर्माणका लागि बालुवा खसाल्ने क्रममा सो दुर्घटना भएको हो ।

बालुवा खसाल्ने क्रममा ढाला माथि उठाउँदा बिजुलीको तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्टले टिपरको टायरमा आगलागी समेत भएको प्रहरीले जनाएको छ । (रासस)