२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


प्रधानमन्त्री ओलीसँग सुचीको भेटवार्ता


0
Shares

                                                 तस्वीर : रासस

काठमाडौं, मंसिर १४ । नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्मारका स्टेट काउन्सिलर आङ सान सुचीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

भेटवार्तामा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ ।

भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको उपस्थिति थियो ।

नेपाल र म्यानमारबीच शुक्रबार नै आपसी सहकार्यका विषयमा सम्झौता हुने बताइएको छ ।

काठमाडौंमा आयोजना हुन गइरहेको एशिया प्रशान्त शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीको निमन्त्रणामा सुची नेपाल आएकी हुन् ।