
रौतहट, मंसिर १४ । रौतहटको पर्यटकीय क्षेत्र नुनथर फोहोरले भरिन थालेको छ ।
सर्लाही र रौतहटको सिमामा पर्ने बागमती नदीको किनाराको नुनथर फोहोरले भरिन थालेको हो । जथाभावी फालिएको प्लास्टिक र प्लास्टिकका बोतलले यो क्षेत्रमा फोहोर नै फोहोर देखिएको छ ।
विशेष गरी सार्वजनिक बिदाका दिन वनभोजका लागि आउनेहरुले बढी फोहोर गर्ने गरेको स्थानीयले बताएका छन् । पर्यटकीय क्षेत्र भएकाले यहाँ दैनिक ठूलो संख्यामा पर्यटकहरु पुग्ने गरेका छन् ।
तर, उनीहरु फोहोरका कारण धेरै समय नबसी फर्कने गरेका छन् ।
१६ हेक्टर क्षेत्रमा फैलिएको यो स्थानको सरसफाइमा स्थानीय सरकारले समेत चासो नदेखाएको स्थानीयबासीको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्