२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


म्यान्चेस्टर सिटीले चेल्सीलाई हरायो, ब्राइटनसँग आर्सनल पराजित


0
Shares

काठमाडौं, फागुन २१ । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई १-० ले हराएको छ ।

गएराति म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन बर्नार्डो सिल्भाले ४६ औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा दोस्रो स्थानको लिभरपुलसँग १८ अंकको अग्रता लिएको छ ।

प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा ब्राइटनले आर्सनललाई २-१ ले हराएको छ ।

खेलमा ब्राईटनलाई विजयी गराउन लेविस डंक र ग्लेन मेरेले एक–एक गोल गरे । आर्सनलका पिएरे एमरिक औबामायङ्गले एक गोल फर्काए ।

प्रिमियर लिग फुटबलमा आज राती म्यान्चेस्टर युनाईटेड र क्रिष्टल प्यालेस भिड्नेछन् । यो खेल जितेको खण्डमा म्यानचेस्टर युनाईटेड तालिकाको दोस्रो स्थानमा उक्लनेछ ।

२८ खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड तालिकाको तेस्रो स्थानमा छ ।

एक खेल बढी खेलेका लिभरपुल ६० अंकसहित दोस्रो स्थानमा छ भने शीर्ष स्थानको म्यान्चेस्टर सिटीको ७८ अंक छ ।