बसले मोटरसाइकललाई ठक्कर दिंदा दुर्ई प्रहरीको मृत्यु • Image Khabar Image Khabar


बसले मोटरसाइकललाई ठक्कर दिंदा दुर्ई प्रहरीको मृत्यु


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार ०८:११

बसले मोटरसाइकललाई ठक्कर दिंदा दुर्ई प्रहरीको मृत्यु

बागलुङबाट काठमाडौं जादै गरेको बा४ख ५७५८ नम्बरको बसले पोखरा आउँदै गरेको ग११प ३६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई प्रहरी मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान सुशिल बानियाँ र प्रदिपकुमार यादवको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्