Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


राष्ट्रपति भण्डारीसँग सुचीको भेटवार्ता


0
Shares

                                             तस्वीर : रासस

काठमाडौं, मंसिर १४ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सुचीले भेटवार्ता गरेकी छन् ।

शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको जनाइएको छ ।

भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृत पनि सहभागी थिए ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएकी सुची बिहीबार काठमाडौं आएकी हुन् ।