
डर्बानमा भएको खेलमा ४१७ रनको चुनौती पछ्याएको दक्षिण अफ्रिकाले २९८ रन बनाउन सक्यो ।
यसअघि, पहिलो इनिङ्समा दक्षिण अफ्रिकाले १६२ रन बनाएको थियो ।
अष्ट्रेलियाले पहिलो इनिङ्समा ३५१ तथा दोस्रो इनिङ्समा २२७ रन बनाएको थियो ।
पहिलो इनिङ्समा पाँच तथा दोस्रो इनिङ्समा चार विकेट लिएका अष्ट्रेलियन बलर मिचेल स्टार्च ‘म्यान अफ दी म्याच’ घोषित भए ।
जितसँगै पाहुना टोली अष्ट्रेलियाले चारको खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
दोस्रो खेल शुक्रबारदेखि पोर्ट एलिजाबेथमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्