
सोमबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले गरेको कार्यव्यवस्था परामर्श समितिमा प्रदेशसभा सदस्यहरू कुमार खड्का, कृष्णबहादुर थापा र रामजीप्रसाद बराल (जीवन)को नाम थप गर्ने प्रस्तावलाई बैठकले ध्वनीमतले पारित गरेको हो ।
यसअघि, उक्त समिति पाँच सदस्यीय रहेको थियो ।
त्यस्तै, सोमबारको बैठकमा प्रदेश नम्बर–४ को प्रदेशसभा नियमावली, २०७४ लाई प्रदेशसभा सदस्य प्रभा कोइरालाले प्रतिवेदनसहित टेबुल गरेकी थिइन् ।
उक्त नियमावली प्रस्तावमाथि संशोधन पेस गर्न चाहने प्रदेशसभा सदस्यलाई ४८ घन्टाभित्र सचिवालयको कार्यव्यवस्था शाखामा संशोधन पेस गर्न सभामुख अधिकारीले समय दिए ।
अर्को बैठक यही फागुन २५ गते दिनको १.०० बजे बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्