कांग्रेस संसदमा कडारुपमा प्रस्तुत् हुने, गच्छदार दलको उपनेतामा मनोनीत • Image Khabar Image Khabar


कांग्रेस संसदमा कडारुपमा प्रस्तुत् हुने, गच्छदार दलको उपनेतामा मनोनीत


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार १९:१८

कांग्रेस संसदमा कडारुपमा प्रस्तुत् हुने, गच्छदार दलको उपनेतामा मनोनीत

संसदीय दलको नेता चयनका लागि सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

देउवाले ४४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत पाए ।

प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेस संसदीय दलमा कुल ६३ जना सांसद छन् ।

गच्छदार दलको उपनेतामा मनोनीत
संसदीय दलको नेता चयनपछि सोमबारै बसेको कांग्रेस संसदीय दलको बैठकले विजयकुमार गच्छदारलाई दलको उपनेतामा मनोनीत गरेको छ ।

बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै दलका नेता देउवाले सरकार ‘हनिमुन’ अवधि पनि नपुग्दै गलत काममा लागेकाले कांग्रेसले संसदमा त्यसको प्रतिरोध गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्