ट्याक्टरले किचेर गर्भवती महिलाको ज्यान गयो • Image Khabar Image Khabar


ट्याक्टरले किचेर गर्भवती महिलाको ज्यान गयो


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार २०:००

ट्याक्टरले किचेर गर्भवती महिलाको ज्यान गयो

सदरमुकामको पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना६त २५७२ नम्बरको ट्याक्टरले किच्दा चन्दननाथ नगरपालिका–३ निवासी २५ वर्षीया हीरा अधिकारीको मृृृृत्यु भएको हो । १२ वर्षीया सविना शाही घाइते भएकी छन् ।

ट्याक्टरले सविनाको खुट्टा किच्न लागेको देखेर उनलाई बचाउन जाँदा ट्याक्टरले हीरालाई नै किचेको हो । मृतक अधिकारी ७ महिनाकी गर्भवती थिइन् ।

घाइते सविनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

दुर्घटनापछि सोमबार जुम्लाबजार तनावग्रस्त बन्यो । मृतकका आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै होटल, पसल तथा बजार बन्द गराए ।

युवा, महिलाको समूहले प्रहरी कार्यालयअगाडि धर्ना दिएको थियो । मृतकका आफन्तले ट्याक्टर चालकलाई सुरक्षा दिएको भन्दै प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्