जिप नदीमा खस्दा एकजनाको मृत्यु, ६ घाइते • Image Khabar Image Khabar


जिप नदीमा खस्दा एकजनाको मृत्यु, ६ घाइते


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार २०:२१

जिप नदीमा खस्दा एकजनाको मृत्यु, ६ घाइते

मृत्यु हुनेमा दार्चुला, मार्मा–३ का ३६ वर्षीय कृष्णसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए ।

दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । गम्भीर घाइते एकजनाको परिचय खुल्न सकेको छैन ।

अरु घाइते हुनेहरुमा दार्चुला, मार्मा–६ का अकवर महरा, गोमती महरा, गीता महरा, भारतीय नागरिक मेरमान सिंह र सुर्वण सिंह रहेका छन् । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

दार्चुलाको लटिनाथबाट गोकुलेश्वरका लागि छुटेको म१ज २३३ नम्बरको जिप बैतडीको डिलासैनी गाउँपालिका–३, झर्नामा सोमबार साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको हो ।

जिप दुर्घटनाको कारण खुल्न सकेको छैन । चालक दीपक विष्ट फरार रहेका छन् ।

जिप सडकबाट करिब ५०० मिटर तल चमेलिया नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्