प्रधानमन्त्री ओली र अब्बासीबीच छलफल, दिए पाकिस्तान भ्रमणको निम्तो • Image Khabar Image Khabar


प्रधानमन्त्री ओली र अब्बासीबीच छलफल, दिए पाकिस्तान भ्रमणको निम्तो


Imagekhabar
२१ फाल्गुन २०७४, सोमबार २०:४२

प्रधानमन्त्री ओली र अब्बासीबीच छलफल, दिए पाकिस्तान भ्रमणको निम्तो

होटल याक एन्ड यतिमा दुई देशका प्रतिनिधिमन्डलबीच आर्थिक, सामाजिक तथा सार्क शिखर सम्मेलनको विषयमा छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालकाअनुसार पाकिस्तानी प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री ओलीलाई पाकिस्तानको भ्रमणको निम्तोसमेत दिएका थिए ।

प्रधानमन्त्री ओलीले सोही होटलमा अब्बासीको सम्मानमा रात्रिभोज आयोजना गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले मंगलबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गर्नेछन् ।

उनी मंगलबार नै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्