
काठमाडौं, फागुन २२ । राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।
निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपतिको चुनावको मिति तय गरेकाले त्यसबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो ।
राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन दर्ता बुधबार गर्नुपर्ने हुन्छ । त्यसका लागि एमालेले आजै राष्ट्रपतिको उम्मेदवार तय गर्ने बताइएको छ ।
वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन् । एमालेमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने तयारी छ ।
तर वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा व्यक्त गर्दै आएका छन् । एमाले स्थायी कमिटीले आज यसबारे ठोस निर्णय गर्ने बताइएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रिया, सरकार विस्तारलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्