नियमावली मस्यौदा समिति गठन, प्रतिनिधिसभा सभामुखको निर्वाचन २६ गते • Image Khabar Image Khabar


नियमावली मस्यौदा समिति गठन, प्रतिनिधिसभा सभामुखको निर्वाचन २६ गते


Imagekhabar
२२ फाल्गुन २०७४, मंगलवार १६:०२

नियमावली मस्यौदा समिति गठन, प्रतिनिधिसभा सभामुखको निर्वाचन २६ गते

समितिमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, मीनबहादुर विक, डा. मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा. विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव सदस्य छन् ।

समितिलाई एक महिनाको कार्यावधि दिइएको छ ।

समितिले प्रतिनिधिसभा मातहत रहने समितिको नाम र संख्या तय गर्ने र प्रतिनिधिसभाको बैठक सन्चालनको सम्पूर्ण कार्यविधि तय गर्नेछ ।

समितिले आवश्यकताका आधारमा विज्ञ तथा सहयोगीसमेत लिन पाउने व्यवस्था गरिएको छ । समितिले सदस्यभित्रैबाट सभापति चयन गर्नेछ ।

प्रतिनिधिसभा सदस्य भानुभक्त ढकालले प्रस्तुत् गरेको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।

उक्त प्रस्तावलाई डा. रिजाल र कृष्णबहादुर महराले समर्थन गरेका थिए ।

सभामुखको निर्वाचन शनिबार
प्रतिनिधिसभाको बैठकले यही फागुन २६ गते सभामुख निर्वाचनको मिति तोकेको छ ।

निर्वाचनसम्बन्धी कार्यतालिका भने संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले प्रकाशन गर्नेगरी ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्देशन दिए ।

प्रतिनिधिसभाको अर्काे बैठक फागुन २६ गते अपराह्न १ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्