
प्रदेशसभा सन्चालन अन्तरिम कार्यविधि २०७४ को दफा २४ को उपदफा १ बमोजिम मुख्यमन्त्री भट्टले आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्न प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई प्रदेशसभाको भारी बहुमतले पारित गरेको हो ।
प्रदेशसभा बैठकमा उपस्थित ४८ जना सांसदमध्ये ३८ जनाले भट्टको पक्षमा मतदान गरे भने १० जनाले विपक्षमा मतदान गरे ।
नेकपा एमाले र माओवादी केन्द्रका सांसदले पक्षमा मतदान गरेका हुन् भने नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरुले विपक्षमा मतदान गरे ।
चारजना सांसद भने बैठकमा उपस्थित भएनन् । उपस्थित नहुनेमा नेपाली कांग्रेसका सांसद कर्ण मल्ल, नन्दा बम, गोविन्दराज बोहरा र डिल्लीराज पन्त हुन् ।
विश्वासको मत लिएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो पहिलो काम प्रदेश सरकार सन्चालनका लागि आवश्यक कानुन निर्माण गर्नु रहेको बताए ।
उनले योजना बनाएर प्रदेशलाई नमुना प्रदेश बनाउनका लागि आफू निरन्तर लाग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्