 
	    तेह्रथुम, फागुन २३ । मर्मत सम्भार र रेखदेखमा ध्यान नपुग्दा तेह्रथुमका लघु जलविद्युत् आयोजनाहरु धमाधम बन्द हुन थालेका छन् ।
लघु जलविद्युत् आयोजनाहरु निर्माण गर्दा सरकारी अनुदान पाउने तर मर्मत सम्भार गर्न सहयोग नपाएपछि त्यस्ता आयोजना बन्द हुन थालेका हुन् ।
त्यसैगरी जिल्लाकै एक मात्र पूर्ण सरकारी लगानीको खोरुङ्गा खोला लघुजलविद्युत् आयोजना समेत पाँच वर्षयता बन्द छ ।
मेन्छ्यायेम गाउँपालिका–५ स्थित एक सय किलोवाट क्षमताको सो आयोजना मर्मतका लागि सम्बन्धित निकायले ध्यान नपुर्याउँदा करोडौं मूल्यका उपकरण कवाडीमा परिणत भएका छन् ।
जिल्लामा बनेका १६ वटा साना तथा लघु जलविद्युत आयोजना मध्ये १० वटा बढी योजना मर्मत अभावकै कारण बन्द भएका छन् ।
समुदायमा आधारित जलविद्युत् आयोजनाहरु मर्मत सम्भारमा बजेट अभाव हुनु, सधैं समुदायमा मेल नहुनु, दक्ष जनशक्ति अभाव हुनुलगायत कारणहरुले बन्द भएका हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्