Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


नेपाल र चीनको सेनास्तरमा सम्बन्ध विस्तार हुनुपर्छ : रक्षामन्त्री


0
Shares

शिष्टाचार भेटका लागि बुधबार सिंहदरबार पुगेकी नेपालस्थित जनवादी गणतन्त्र चीनका राजदूत यु होङसँग रक्षामन्त्री पोखरेलले दुई देशको सम्बन्ध र सहयोग अभिवृद्धिबारे छलफल गर्नेक्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।

मन्त्री पोखरेलले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै आपसी सम्बन्धको विस्तार नेपाली सेना र चिनियाँ सेनाका स्तरमासमेत विकसित हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले दुवै राष्ट्रको हितसँग सम्बन्धित सूचना आदान–प्रदानलगायत नेपालको विकासका निमित्त यसअघि भएका पूर्वसम्झौताहरु कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।

रक्षामन्त्री पोखरेलले राजदूत होङलाई नेपालको पूर्वाधार विकासका लागि चीनको निरन्तर सहयोग अपेक्षित रहेको र नवगठित सरकारले मित्रराष्ट्र चीनसँग आपसी सहयोग र सम्बन्ध थप विकास र विस्तार गर्न चाहेको स्पस्ट गरेका थिए ।

भेटमा मन्त्री पोखरेललाई बधाई दिँदै राजदूत होङले नयाँ सरकारको कार्यकालमा चीनसँगको मित्रवत् सम्बन्ध अझ प्रगाढ हुने तथा दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास व्यक्त गरेको मन्त्रालयका प्रवक्ता ऋषि राजण्डारीले जानकारी दिए ।

राजदूत होङले नेपाल र चीनबीचको सम्बन्ध आगामी दिन थप प्रगाढ हुनाका साथै पारस्परिक सहयोग पनि अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।

भेटका अवसरमा मन्त्रालयका सचिव विनोद केसी, उच्च सैनिक अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो । रासस