कैलाली कारागारमा रहेका रेशम चौधरीसहित २४ कैदीबन्दीको जीवनरक्षाका लागि आयोगको आग्रह • Image Khabar Image Khabar


कैलाली कारागारमा रहेका रेशम चौधरीसहित २४ कैदीबन्दीको जीवनरक्षाका लागि आयोगको आग्रह


Imagekhabar
२४ फाल्गुन २०७४, बिहीबार ०७:३०

कैलाली कारागारमा रहेका रेशम चौधरीसहित २४ कैदीबन्दीको जीवनरक्षाका लागि आयोगको आग्रह

आयोगका सचिव वेद भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न मागहरू राखी आमरण अनशनमा बसेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मागको सम्बोधन गर्न आग्रह गरेको उल्लेख छ ।

आयोगका सदस्य प्रकाश शर्मा वस्तीसहितको टोलीले बुधबार अनुगमन गरी सो मागका बारेमा सम्बोधन गर्न सरकारलाई पत्राचारसमेत गरेको छ ।

आफ्ना माग पूरा गर्ने सन्दर्भमा आमरण अनशनजस्तो संवेदनशील बाटो नरोज्न एवं आमरण अनशन स्थगन गरी विरोधको अन्य बाटो अवलम्बन गर्न आयोगले अनशनरत पक्षलाई आग्रह गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्