३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


राष्ट्रियसभामा मनोनित तीन सदस्यले लिए शपथ


0
Shares

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेका डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईले आज शपथ लिएका हुन् ।

राष्ट्रियसभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलाई शपथ गराएकी हुन् ।

तीनैजनाको शपथग्रहण रोक्न परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि शपथग्रहणको बाटो खुलेको हो ।