कांग्रेस केन्द्रीय समितिको बैठक चैत ९ मा बस्ने • Image Khabar Image Khabar


कांग्रेस केन्द्रीय समितिको बैठक चैत ९ मा बस्ने


Imagekhabar
२५ फाल्गुन २०७४, शुक्रबार २०:५२

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ९ मा बस्ने

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए ।

उनले बैठकमा उपस्थित हुनका लागि पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आह्वान गरेका छन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीले ल्याएको कमजोर नतिजा र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने जानकारी दिए ।

‘प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि राष्ट्रियसभाको निर्वाचन, राष्ट्रपतिको निर्वाचनलगायतका एजेन्डामा छलफल भएको थियो, अब बस्ने केन्द्रीय समितिको बैठकले समग्र विषयवस्तुमा छलफल हुनेछ’–प्रवक्ता शर्माले भने ।

उनले निर्वाचनपछि पार्टीले संसदमा कस्तो भूमिका खेल्ने भन्नेबारेमासमेत बैठकमा छलफल हुने बताए । रासस

प्रतिक्रिया दिनुहोस्