मुख्यमन्त्री पोखरेलले आइतबार विश्वासको मत लिने • Image Khabar Image Khabar


मुख्यमन्त्री पोखरेलले आइतबार विश्वासको मत लिने


Imagekhabar
२६ फाल्गुन २०७४, शनिबार १९:०७

मुख्यमन्त्री पोखरेलले आइतबार विश्वासको मत लिने

कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको छ ।

आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनेछन् ।

यस्तै, बैठकमा अरु दुई विधेयकहरूसमेत प्रस्तुत् गर्ने र ती विधेयकसहित अर्को मस्यौदासमेत सांसदहरूलाई छलफलका लागि उपलब्ध गराउने गरी कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आइतबारको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि ऐन, स्थानीय तहका सेवा–सुविधासम्बन्धी ऐन प्रस्तुत् गरिनेछ, जुन प्रदेश सरकार र मातहतका सरकारका लागि महत्वपूर्ण विषय हुन् ।

फागुन १३ गतेका लागि पहिले तय भएको बैठकमा ‘बिजनेस’ नभएको भन्दै बैठक नै नबसी अघिल्लै दिन सूचना टाँसेर स्थगित भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्