चिनियाँ राष्ट्रपतिलाई अनिश्चितकालसम्म सत्तामा रहने बाटो खुला • Image Khabar Image Khabar


चिनियाँ राष्ट्रपतिलाई अनिश्चितकालसम्म सत्तामा रहने बाटो खुला


Imagekhabar
२७ फाल्गुन २०७४, आईतवार २०:०९

चिनियाँ राष्ट्रपतिलाई अनिश्चितकालसम्म सत्तामा रहने बाटो खुला

उक्त संशोधनले राष्ट्रपति सी चिनफिङलाई सन् २०२३ मा आफ्नो कार्यकाल समाप्त भएपछि पनि अनिश्चितकालसम्म सत्तामा रहिरहने बाटो खुला गरिदिएको छ ।

चीनले राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि सन् १९९० को दशकमा तय गरेको थियो । राष्ट्रपति सीले आफ्ना सम्भावित उत्तराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए ।

त्यसको सट्टा उनले राजनीतिक शक्ति आफूमा केन्द्रीत गर्नुका साथै पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल भएका थिए । त्यसबाट उनको हैसियत चिनियाँ कम्युनिष्ट पार्टीका नेता अध्यक्ष माओ चे तुङकै हैसियतमा पुगेको छ ।

राष्ट्रपति सीको दोस्रो कार्यकाल सन् २०२३ मा पूरा हुँदैछ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्