
बंगलादेश हुँदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे । पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस–बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट थियो । तर, नेपालमा युएस–बंगला भित्र्याउने पौडेलले सोही जहाज दुर्घटनामा परी ज्यान गुमाउनु पर्यो ।
‘जसले युएस–बंगला नेपालमा ल्याए, उनै सोही विमान दुर्घटनामा बिते,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पौडेलका साथी भरतराज आचार्यले भने । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्