१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


१९ वर्षपछि यदु गौतमको शालिक अनावरण गर्ने तयारी


0
Shares

रुकुम, फागुन २९ । नेकपा एमालेका तत्कालिन रुकुम सचिव यदु गौतमको हत्या भएको १९ वर्षपछि उनको शालिक अनावरण गरिने भएको छ ।

यदु स्मृति प्रतिष्ठानले यदु गौतमको शालिक निर्माण गरेको १७ वर्षपछि अनावरण गर्न लागिएको हो ।

गौतमको जन्मजयन्तीको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १६ गते शालिक अनावरण गर्ने तयारी भएको प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद शर्माले जानकारी दिए ।

२०५५ सालको मध्यावधि चुनाव प्रचारको क्रममा रुकुम गरायलामा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले उनको हत्या गरेका थिए ।