Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


ट्राफिकलाई ५०० घुस दिन खोज्ने चालक पक्राउ


0
Shares

महाशाखाको टोलीले सिंहदरबारचोकमा ट्राफिक प्रहरीले जाँच गर्नेक्रममा सवारी नियम उलंघन गरेबापत चिट लिन नमानी ‘मिलाइदिनोस्’ भनी रु ५०० घुस दिन लाग्दा सर्लाही घर भइ भक्तपुर बस्ने भुवन मोक्तानलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले घुस दिने र लिने दुवैलाई कारबाही गरिने जानकारी दिए ।

पक्राउ परेका मोक्तानलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाएको महाशाखाले जनाएको छ । रासस

Skip This